प्रविधि जगतको बादशाह मानिने गुगलले भर्खरै मात्र नयाँ विशेषता, नेपाली भाषाको लागि गुगल ट्रांस्लेट अर्थात, गुगल अनुवाद, टेक्स्ट टु स्पीच सार्वजनिक गरेको छ। यसमा नेपाली भाषाको उच्चारण सहित सुन्न र अनुवाद समेत गर्न सकिन्छ।
यो सुविधा विश्वका अन्य भाषाहरुका लागि पहिलै उपलब्ध भए पनि नेपाली भाषाको लागि भर्खरै मात्र प्राप्त भएको हो। त्यसका लागि तपाईलॆ आफ्नो कम्प्युटर अथवा मोबाईलको ब्राउजरमा गएर ट्रांस्लेट डट गुगल डट कम टाईप गरेर अंग्रेजी भाषाबाट सिधै नेपाली भाषामा अनुबाद गर्न सक्नुहुनेछ। महत्वपुर्ण कुरा त यो छ कि, तपाईले स्पिकर बटनमा क्लिक गरेर गुगलबाट आवाज पनि सुन्न सक्नुहुनेछ। यसका साथै अब तपाईले सिधै अंग्रेजीबाट नेपालीमा सजिकै अनुवाद गर्न सक्नुहुनेछ।