सुबिसु केबल नेट प्रालीले शीर्ष प्रायोजन र सामसुङ एसोसिएटले सह प्रायोजन गरेको क्यान इन्फोटेक–२०१७ माघ १३ देखिन माघ १८ ,२०७३ तदअनुशर जनावरी २६ ,२०१७ देखि जनावरी ३१ ,२०१७ मा भएको थियो । क्यान इन्फोटेक भनेकै सूचना प्रविधि सम्बन्धी सम्पूर्ण सामग्री र सेवाको नविनतम जानकारी दिने थलो हो।कम्प्युटर एसोसिएनस अफ नेपाल (क्यान) महासंघले हरेक वर्ष आयोजना गर्ने गरेको मेलाको यो २३ औ संस्करण थियो।
सूचना प्रविधि क्षेत्रका नविनतम वस्तु र सेवाको जानकारी दिने उद्देश्यले सुरु भएको मेलामा स्वदेशी र विदेशी गरि २ सयभन्दा बढी कम्पनीले सहभागीता जनाएका थिए । ६ दिनसम्म चलको मेलामा विभिन्न कम्पनीहरुले आफ्ना नयाँ उत्पादन, सेवा र उपभोक्ता योजना सार्वजनिक गरेका थिए । विश्वस्तरिय ब्रान्डका नेपाली अधिकृत विक्रेतादेखि स्वदेशमै सफ्टवेयर, मोबाइल एप्लिकेसन, वेब एप्लिकेसन, सूचना प्रविधि प्रणालीलगायतका सेवा विकास गर्नेहरुले मेलामा स्टल राखेका थिए । मेलामा कुल २ सय २२ स्टल थिए।हरेक वर्ष हुने यो मेलाको २२ औं संस्करण ३ लाख ६३ हजार ४ सय ५६ जनाले अवलोकन गरेका थिए । यसपाली भने ४ लाखभन्दा बढीले अवलोकन गर्ने लक्ष्य राखिएको थियो