धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालयमा यहि माघ ७, ८ र ९ गते तदअनुसार फेब्रवरी २०, २१ र २२ का दिन विज्ञान प्रविधिको महामेला आइटी मिटको छैटौ संस्करण के.यु. आइटी मिट २०१७ भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य प्रायोजन योमरीले गरेको थियो । यस्तै सिप्रदी ट्रेडीङ्ग, लिपफ्रग टेक्नोलोजी, लिपफ्रग एकेडेमी, भर्सेन्ड टेक्नोलोजी र जेटटिईले क्रमस कार्यक्रमलाई प्रायोजन गरेका थिए। कार्यक्रम काठमाण्डौ विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा तिन दिनसम्म चलेको थयो। कार्यक्रममा काठमान्डौ विश्वविद्यालयका कम्पिउटर साइन्स र इन्जिनियरिंगका विद्यार्थीहरुले विभिन्न जानकारीमुलक स्टल, विभिन्न अन्तरक्रिया कार्यक्रमहरु, कम्पिउटर गेमिङ्ग र प्रविधिसँग सम्बन्धित थुप्रै कार्यक्रमहरु सम्पन्न गरेका थिए । करिब १५ हजार मानिसहरुले अवलोकन गरेको यस कार्यक्रमलाई उपत्यका बाहिर हुने विज्ञान प्रविधिको एक ठुलो कार्यक्रम मानिन्छ ।
आइटी मिटमा ह्याकथोन, आइडिया पिचिङ्ग, कोड क्याम्प, सफ्टवयर प्रतियोगिता, हार्डवयर प्रतियोगिता, प्रोजेक्ट प्रदर्शनी सम्पन्न भएका थिए । यस्तै गेमिङ्ग तर्फ डोटा, काउन्टर स्ट्राइक, फिफा, मिनी मिलिसिया र क्लास रोयालमा सहभागीहरुको उल्यख्य सहभागिता रहेको थियो। कार्यक्रमको समापन समारोहमा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार अनि कार्यक्रमका प्रायोजक र कार्यक्रमका सहयोगीहरुलाई प्रसंशा पत्र समेत प्रधान गरिएको थियो । कार्यक्रममा सहभागी र कार्यक्रमका प्रायोजकहरुलाई आयोजकले विशेष धन्यवाद दिएका थिए ।