Monday, March 20, 2017

WIKIPEDIA: Wiki Women Editathon 2017 | विकिपिडिया:विकी विमिन एडिटाथन २०१७

नारी सम्मानमा समर्पित भई नारी दिवसको अवसर परेर विकिपिडिया र विकिपिडियाका भातृ परियोजनामा योग्दन पुर्याउने सम्पूर्ण नेपाली भाषी योग्दनकर्ता हरुद्वारा यस्बर्स विकी विमिन एडिटाथन २०१७ प्रतियोगिताको आयोजना गरेको छ। यस अघि विकिमिडिया समुदाय नेपालले बि.स. २०७१ र ७२ सालमा पनि विमिन एडिटाथन आयोजना गरेको थियो।नारी सम्मानमा समर्पित यो तेस्रो प्रतियोगिता हो।
मार्च ८,२०१७ मा सुरु भएको यश प्रतियोगिता  मार्च २२, २०१७मा  सकिने जानकारी विकिपेडियाले आफ्नो वेबसईटमा जनाएको छ। 
पुन्यश्वरी प्रजापतिको संयोजकत्वमा बनेको तिन सदसिय संयोजन समिति रहेको यस् कार्यक्रमका निम्न उदेश्यहरु रहेका छन्:
  • नेपाली विकिपिडियामा महिला सहभागिता बढाउनु,
  • नेपाली विकिपिडियामा महिला सम्बन्धि लेखहरू वृद्धि गर्नु,
  • नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु,
  • नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु,
  • विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास गराउनु,
  • ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु ।

प्रतियोगितामा विश्व भरी छरिएर रहेका सम्पूर्ण भाषी महिला तथा पुरुषहरुले भाग लीन पाउनेछन् भने सहभागीहरुले आफ्नो प्रयोगकर्ता पृष्ठमा विकी विमिन एडिटाथन ब्याच राखन सक्नेछन। सो गर्नका लागी  {{विकी विमिन एडिटाथन ब्याच}} टाईप गरी रख्नुपर्नेछ।


कार्यक्रममा सहभागी हुनकालागी सर्वप्रथम नेपाली विकिपिडियामा गएर आफ्नो खाता खोल्नु पर्दछ।खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस।

कार्यक्रमको बारेमा थप जानकारीका लागी यो लिंक क्लिक गर्नुहोला।

About Me

authorHello, my name is Jack Sparrow. I'm a 50 year old self-employed Pirate from the Caribbean.
Learn More →